कम्युनिस्ट सरकारलाई चीनले दियो हल्का झट्का
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चीनको पछिल्लो अभिव्यक्तिले झट्का दिएको छ ।
चीन–नेपालबीच रेल चलाएर देखाउने बताउँदै आएका ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले नेपालको भौगालिक बिकटताका कारण नेपालमा रेल कुदाउन तत्काल कठिन रहेको बताइन् ।
चिनियाँ रेलमार्ग केरुङ–काठमाडौं जोड्ने विषयमा तीब्र बहस भइरहँदा चीनले भौगोलिक विकटताका कारण यो विषय अत्यन्त जटिल रहेको जनाएको हो । दुई–तीन वर्षमै रेलमार्ग जोड्न सम्भव नहुने राजदूत हाउ यानछीले जनाएकी छिन् ।
बिहीबार बालुवाटारस्थित चिनियाँ राजदूतावासमा पत्रकार सम्मेलन गरेर राजदूत हाउ यानछीले यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी रहेको बताइन् । हाउ यानछीले रेलका विषयमा आउने हल्लाको पछि नलाग्न सचेत गराएकी छिन् ।
‘स्पष्ट भन्नुपर्दा प्रस्तावित रेलमार्गको भौगोलिक बनोट साँच्चै समस्यापूर्ण छ’, नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले भनिन्, ‘रेल भित्र्याउने कार्य सजिलो छैन ।’
उनले भनेकी छिन्, ‘यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन । यो त एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय हो ।’
हाउ यानछीले काठमाडौंमा हुने रेलको बहस सुनेर आफू अचिम्मत हुने गरेको बताएकी छिन् ।
चिनियाँ रेलमार्ग नेपाल जोड्ने योजना आर्थिक रुपमा महँगो रहेको रहेको भन्दै उनले यसमा चीन निरन्तर लागिरहेको बताइन् ।
उनले आर्थिक रुपमा महँगो कार्य रहेको भन्दै नेपालसम्म रेलमार्ग जोड्न लामो समय लाग्नसक्ने बताएकी छिन् ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको गत महिना भएको चीन भ्रमण तथा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा पनि जानकारी दिएकी छिन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले सम्भाव्यता अध्ययनपछि मात्र रेलको विषयमा छलफल हुने बताएकी छिन् । उनले पहिला सम्भाव्यता अध्ययनको चरण पूरा हुनुपर्ने बताएकी छिन् ।
बीआरआई अन्तर्गतका परियोजनाहरूमा ऋण लिए नेपाल चीनको ऋण चंगुलमा पर्ने कुराको राजदूत होउ यानछीले चीनले ऋणमा फसाउन लागेको कुरा गलत रहेको बताइन् ।
‘केही सीमित मुलुकले आफ्नो आकांक्षा पूरा गर्न त्यस्तो भास्य तयार पारेका छन्’, उनले भनिन्, ‘हल्ला फिँजाएका छन् । तर त्यो गलत हो ।’
बीआरआईसँग आवद्ध भएका कुनै पनि देश चीनको ऋण चंगुलमा नपरेको राजदूत होउले बताएकी छिन् ।
केरुङ–काठमाडौं जोड्ने रेलको विषयमा चीनले दिएको पछिल्लो अभिव्यक्तिले दुई तिहाइको शक्तिशाली कम्युनिस्ट सरकारलाई सानो भएपनि झट्का दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत