कम्युनिस्ट सर्वसत्तावादविरुद्ध सडकमा ओर्लने बेला आयोः बालकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान कम्युनिस्ट सरकार हिंसा र हत्याको जगमा बनेको बताएका छन् ।
जागरण अभियानअन्तर्गत काठमाडौंमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले कम्युनिस्टहरू देशमा एक दलीय सर्वसत्तावाद लाद्न सक्रिय रहेको बताए ।
कम्युनिस्टहरूको उदेश्यका बारेमा नेपाली जनतालाई नेपाली कांग्रेसले जानकारी गराउनु पर्ने बताए । उनले आश्यक पर्यो भने कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध सडकमा आउनुपर्ने बताएका छन् ।
‘हत्या र हिंसाको जगमा बनेको नेकपाले सर्वसत्तावादी बिचारलाई आत्मसाथ गरेर देशमा एक दलीय राज्य व्यवस्था लाद्न उद्त रहेको छ’, उनले भने ।
नेता खाँणले नेपाली कांग्रेसले कहिल्यै पनि विश्रामको कुरा गर्न नहुने बताए । ‘नेपाली कांग्रेसले विश्रामको कुरा गर्नु हुँदैन । विश्राम पनि गर्दैन’, उनले भने, ‘कांग्रेस नै हो जनताको पक्षमा रहने । राज्य व्यवस्था, जनअधिकार रक्षाको लागि लोकतान्त्रिक मूल्य मान्यता र राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न नेपाली कांग्रेस नै बलियो हुन जरुरी छ ।’
कांग्रेस संसदीय दलका मुख्य सचेतक समेत रहेका खाँणले पार्टीभित्रको आन्तरिक विवाद र एकले अर्कालाई असहयोग गर्ने कार्यका कारण कांग्रेसको अहिलेको हविगती आएको बताए ।
‘नेपाली कांग्रेसलाई कांग्रेसकै नेताहरूले सातो लिने काम हुने गरेको छ । यो कार्य रोक्नुपर्छ । सातो नखाएको भए आज यो दिन आउँदैन थियो’, उनले भने, ‘पार्टीका नेता कार्यकर्ताले एकअर्कालाई गाली गर्नु हुँदैन । मित्रभाव, आत्मीयता र सम्मान हुन जरुरी छ ।’
नेपाली कांग्रेस इतिहाँसमै कठिन अवस्थामा रहेको उनले बताए । ‘कम्युनिस्टहरूसंग प्रतिस्पर्धा गर्नुपर्छ विश्वमा कुनै ठाउँ छैन जहाँ लोकतान्त्रिक शक्ति वामपन्थीसंग प्रतिस्पर्धा गर्दछ’, उनले भने, ‘यो ज्यादै गम्भीर र चिन्तित अवस्था छ । कांग्रेसभित्रको आन्तरिक विवादको फाइदा उठाएर कम्युनिस्टहरूले फाइदा लिएका छन् ।’

उनले जनताको मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थाको खिलाफमा वर्तमान सरकार जान थालेको बताए ।
‘यो अहिलेको कम्युनिस्ट सरकार संविधानले दिएको जनताको अधिकारविरुद्ध उत्तेजित बन्दै गएको छ’, कांग्रेस नेता खाँणले भने, ‘वर्तमान सरकारले हेक्का गर्नुपर्छ हिजो राणा, राजा, पञ्चायत यहि कारणले समाप्त भएका थिए । यस्तै रवैया रह्यो भने अब नेकपाको पनि समाप्त हुने दिन आउँदै छ ।’
०३६ सालको जनमतको बिरोध गरेका, पञ्चायती व्यवस्थाको पक्षमा रहेकाहरू लोकतान्त्रिक व्यवस्थाको जहिले पनि बिरोध गर्ने गरेको उनले बताए ।
‘यो प्रतिकूल अवस्थामा पनि नेपाली कांग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ । मतदातालाई संरक्षण गर्नुपर्छ’, खाँणले भने, ‘कांग्रेसलाई जनता माया गरेर दिएको भोटको संक्षण गरिएन भने अर्को पटक हामीले झन् ठूलो सजाय पाउने छौँ ।’
कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘जय नेपाल’ शब्दको अपब्याख्या गरेकोमा कांग्रेस नेता खाँणले आपत्ति जनाए ।
‘शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिनुपूर्व सोधिएको अन्तिम इच्छा र बोल्नु भएको अन्तिम शब्द ‘जय नेपाल’लाई आज गोकुल बास्कोटाले बुझेका छैनन् । एक चोटी इतिहाँस अध्ययन गर्न आग्रह गर्दछु’, उनले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत