स्वर्गीय ‘चरी’की प्रेमिकालाई तीन महिना कैद सजाय
काठमाडौं । मोडेल खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरमा तीन महिना कैद र तीन हजार रुपियाँ जरिवाना गरेको छ ।
३६ लाखको चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई बिगो बराबरको रकम तिर्न आदेश दिँदै तीन महिना कैद र तीन हजार रुपियाँ जरिवाना गरेको हो ।
सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग लिएको ३६ लाख रुपियाँ फिर्ता गर्ने क्रममा ओलीले काटेको कुमारी बैंकको चेकमा पैसा नभएपछि कटुवालले गएको साउनमा चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार अदालतले विनिमय अधिकारपत्र ऐन २०३४ को अनुसार ओलीलाई दोषी ठहर गर्दै रकम तिर्न र तीन महिना कैद गरेको हो ।
२०६३ मा मिस टिनको ताज जितेकीले ओलीले म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् । ‘डन’ स्वर्गीय दिनेश अधिकारी ‘चरी’को प्रहरी इन्काउन्टरमा मृत्यु हुँदा खुश्बु ओली प्रेमिकाको रुपमा देखा परेकी थिइन् । उन समाज सेवामा समेत सक्रिय हुँदै आएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत