कम्युनिस्टहरूको उत्पती स्थलमा बलियो बन्यो कांग्रेस, पाँच सयभन्दा धेरै व्यक्तिहरू पार्टी प्रवेश
भालुबाङ । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले प्यूठानमा एउटा सरकारी विद्यालयलाई कम्युटर वितरण गरेका छन् ।
गैरसरकारी संस्थाको सहयोगमा कांग्रेस नेता पोखरेलले प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँढाको सिद्ध माध्यामिक विद्यालयलाई बुधबार दुई थान कम्युटर प्रदान गरेका हुन् ।
गृहजिल्ला प्यूठानमा राष्ट्रिय जागरण अभियान अन्तर्गत विभिन्न गाउँ र नगरपालिकाहरूमा अभियान चलाएका पोखरेलले सत्तारुढ र जनमोर्चाका चार सयभन्दा बढी नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसमा भित्र्याएका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले प्यूठान नगरपालिका वडा नं. ५ जुम्रीकाँढास्थित सिद्ध माध्यमिक विद्यालयमा दुई थान हाइक्वालिटीका कम्युनिटर हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा कांग्रेस नेता पोखरेलले स–साना विद्यार्थीको भविष्यप्रति नेपाली कांग्रेस सचेत रहेको बताए । कम्युनिस्ट पार्टीहरूले जनतालाई मिठा र राम्रा कुराहरूमा भुलाएर सधै प्यूठान जिल्लाबाट फाइदा लिने गरेको उनको आरोप छ ।
कम्युनिस्ट पार्टीको उद्गम जिल्लाका रुपमा परिचित प्यूठान जिल्लामा कांग्रेसका नेता पोखरेल लोकप्रिय मानिन्छन् ।
प्यूठान जिल्लामा कम्युनिस्ट नेताहरू मोहन बिक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा, नवराज सुवेदी, प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलसहितका नेताहरू चर्तित छन् ।
मोहन बिक्रम सिंह र मोहन बैद्यले नै प्यूठान जिल्लाबाट कम्युनिस्ट पार्टीको बीउको शुरुवात गरेका थिए ।
पछिल्लो समय कम्युनिस्ट पार्टीको किल्लाका रुपमा परिचित प्यूठानलाई नेपाली कांग्रेसका नेता पोखरेलले जग हल्लाइदिएका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका बेला पोखरेलले प्यूठान जिल्लामा धेरै विकासका कार्यक्रमहरू राखेका थिए ।
पोखरेलले प्यूठानका धेरै युवाहरूलाई रोजगारी लगाउनेदेखि बैकल्पिक उर्जा केन्द्रको निर्देशक भएका बेला पनि थुप्रै कामहरू गरेका थिए ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि संयोजक रहेको प्रशिक्षण समितिमा पनि पोखरेल सदस्य छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका पोखरेल जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए । तर, उनले अघिल्ला निर्वाचनहरूमा नेपाली कांग्रेसका उम्मेदवारहरूलेभन्दा धेरै मत ल्याएका थिए ।
निर्वाचनमा पराजित भएर पनि कांग्रेसका नेता पोखरेलले दल र व्यक्ति विशेषको बेवास्ता गरेर काम गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत