पत्नीको घाँटी थिच्ने ‘विप्लव’का नेता पक्राउ

अछाम । अछाम जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला नेता पत्नीको हत्या गर्न खोजेको अभियोगमा पक्राउ परेका छन् ।

पत्नीलाई घाँटी थिचेर हत्या गर्ने कोशिस गरेको अभियोगमा प्रहरीले विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्रउ गरेको हो । भण्डारी विप्लवको नेकपा अछामका जिल्ला कमिटी सदस्य पनि हुन् ।

मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी पत्नी लक्ष्मीकुमारी खड्का भण्डारीले फागुन २१ गते पतिविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा उजुरी दिएकी थिइन् ।

लक्ष्मीले प्रहरीमा दिएको उजुरीमा पतिले आफूलाई विभिन्न आरोप लगाउँदै यातना दिँदै आएको र ज्यान मार्ने धम्कीसहित कुटपिट गरेको भन्दै ज्यानको सुरक्षा मागेकी थिइन् ।

पत्नीले कारबाहीका लागि प्रहरी गुहारेपछि फागुन २० गतेदेखि फरार रहेका भण्डारीलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको जनाएको छ ।

भण्डारीलाई पक्राउ गर्न जिल्ला अदालत अछामले फागुन २३ गते प्रहरीलाई आदेश दिएको थियो । पक्राउ परेपछि उनलाई ज्यान मार्ने उद्योग कसुर मुद्दामा कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिएका छन् ।

Published : Monday, 2019 April 29, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया