ओली–दाहालले वैशाखभित्र कुरा मिलाउने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैशाख महिनाभित्र एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने भएको छ ।

९ वैशाखमा अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको टुंगो लगाएको पार्टीले एकताको बाँकी काम पनि वैशाखभित्रै टुंग्याउने तयारी गरेको छ ।

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पूर्णता पायो ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा लामो छलफलपश्चात् जिल्ला कमिटीको टुंगो लागेको हो ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको घोषणा भइसकेको छ ।

अब पोलिटब्युरो कमिटी, विभाग, प्रवास, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठनसहित स्थानीय तहको एकता अझै टुंगो लागेको छैन ।

एकता टुंगो लाग्नमा ढिलाइ भएका कारण त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ ।

पार्टीको बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि अहिले शून्यजस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् ।

Published : Saturday, 2019 April 27, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया