अध्यक्ष अन्सारीले मुस्लिम समूदायभित्र शिक्षामा क्रान्ति ल्याउने
हेटौँडा । नेपाल मुस्लिम आयोगले मुस्लिम युनिभर्सिटी निर्माणको थालनी गर्ने भएको छ ।
जामे मस्जित समिति मकवानपुरले शुक्रबार हेटौंडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले आफ्नो कार्यकालभित्र मुस्लिम युनिभर्सिटी निर्माण हुने बताए । त्यसको लागि आवश्यक तयारी शुरु गरिएको उनले बताए ।
अध्यक्ष अन्सारीले काठमाडौंसहित कम्तिमा तीन प्रदेशमा हज हाउस निर्माण गर्ने आफ्नो योजना पनि सुनाए ।
‘काठमाडौंमा व्यवस्थित र ठूलो र कम्तिमा ३ प्रदेशमा हाजीहरूलाई चाहिने सबै सुविधा उपलब्ध हुनेगरी हज हाउस निर्माण गर्नेछौं’, अध्यक्ष अन्सारीले भनेका छन् ।
उनले आउँदो नयाँ शैक्षिक सत्रबाट विद्यालय जाने उमेर समूहका सबै मुस्लिम बालबालिकालाई विद्यालय पठाउन अभियान सञ्चालन गरिने बताए । ‘पर्दाभित्र रहने मुश्लिम महिला र बालिकाहरूलाई शिक्षामा समान अवसर प्रदान गर्न आयोगले विषेश पहल समेत गर्नेछ’, उनले भने ।
हेटौंडास्थित माजे मस्जिद समितिले गरेको स्वागत सम्मान कार्यक्रममा समितिका अध्यक्ष जावेद हुसेन, उपाध्यक्ष कैयस अन्सारी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मुस्लिम युवा समिम खान लगायतले मुस्लिम समुदायको समस्या र आयोगले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत