नेविसंघका नेताहरूद्वारा वीरगञ्जमा रक्तदान

वीरगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले बारा र पर्साका घाइतेहरूको उपचारमा सहयोग गर्ने उदेश्यले रक्तदान गरेका छन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा नेविसंघका नेता मोतीलाल भण्डारीको नेतृत्वमा रक्तदान गरिएको हो । बुधबार भएको रक्तदान कार्यक्रममा एक दर्जन विद्यार्थी नेताहरू सहभागी भएका थिए ।

नेविसंघका नेता भण्डारीले वीरगञ्जमा घाइतेहरूको उपचारमा रगत अभाव भएको समाचार सुनेपछि काठमाडौंबाट करीव १५ जना नेविसंघका नेता तथा कार्यकर्ताहरू आएको बताए ।

‘हामीले अस्पतालसँग समन्वय गरेर रक्तदान गरेका छौँ’, उनले भने, ‘तर, अस्पतालमा रगत अभाव रहेन छ । आवश्यक प¥यो भने काठमाडौंमै रक्तदान गर्न सकिने गरेर व्यवस्था मिलाइएको रहेछ ।’

भण्डारीले बारा र पर्साका घाइतेको उपचारमा रगत अभाव भयो भने आफूहरू कुनै पनि समयमा तयारी अवस्थामा बसेको जानकारी दिए ।

रक्तदानका लागि विद्यार्थी नेता भण्डारीका साथै कांग्रेसका युवा नेता कृष्ण सापकोटा, विद्यार्थी नेताहरू भीम श्रीस, प्रेम छन्त्याल, दीपक पाण्डे, सन्तोष गुप्ता, हरेन्द्र यादवलगायतका आएको थिए ।

Published : Thursday, 2019 April 4, 8:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया