विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने प्रध्यापकलाई कालोमोसो र जुत्ताको माला

भरतपुर । चितवनको रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डीन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीले आफूहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै प्रा.डा.ओझालाई कालोमोसो दलेर जुताको माला लगाइदिएका हुन् ।

विद्यार्थीले प्रा.डा. ओझालाई ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन सकाएको आरोप लगाएका छन् ।

छैटौँ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै प्रा.डा. ओझाले कोर्ष सम्पन्न गराएको आरोप छ । प्रा.डा. ओझाले विगतमा पनि विद्यार्थीलाई यसै गरी दुःख दिने गरेको विद्यार्थीले जनाएका छन् ।

प्रा.डा. ओझाले चौथो सत्रान्तको ४ जना विद्यार्थीको नम्वर निकै कम दिएपछि विद्यार्थी थप आन्दोलित बनेका थिए ।

विश्वविद्यालय प्रशासनलाई प्रा.डा. ओझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर कारवाही गर्नुपरेको विश्वविद्यालय विद्यार्थी नेता वामदेव रेग्मीले बताए ।

Published : Thursday, 2019 April 4, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया