नेविसंघद्वारा बारामा राहत वितरण, केन्द्रीय नेताहरू नै उपस्थित
बारा । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले बारामा राहतका सामाग्री वितरण गरेका छन् ।
नेविसंघका नेताहरूले बुधबार बारा जिल्लाको क्षेत्र नं. २ को सुवर्ण गाउँपालिकाको बगही, चरमोहना, पशरामपुर भन्ने ठाउँमा पीडितहरूलाई राहत वितरण गरेका हुन् ।
नेविसंघले करीव २५० घरपरिवारलाई त्रिपाल, झुल, टर्च लाइट, बाल्टिन लगायतका सामाग्री वितरण गरेको बाराका जिल्ला अध्यक्ष राकेश पाण्डे जानकारी दिएका छन् ।
राहत वितरण गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल स्वयं उपस्थिति रहेका थिए ।
बाराका स्थानीय युवा नेता तथा नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारको पहलमा नेविसंघको टोलीले राहत सामाग्री वितरण गरेको थियो ।
उक्त टोलीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, निवर्तमान उपाध्यक्षहरू डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, निवर्तमान सहमहामन्त्री परमेश्वर साहलगायतका नेताहरू सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत