बारा–पर्सामा मुस्लिम आयोगले अस्थायी घर बनाउने, एक बालकलाई पढाउने

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बारा र पर्साका हावाहुरीबाट घर गुमाएका परिवारलाई एक सय वटा अस्थायी घर बनाइदिने घोषणा गरेका छन ।

बाराको पुरैनिया र पर्साको जगन्नाथपुरमा एक सय जस्ताका घर बनाउने घोषणा गरिएको हो । अन्सारीसहित आयोगको टोलीले हावाहुरीबाट क्षति पुगेका बारा र पर्साका विभिन्न गाउँको स्थलगत निरीक्षण गरेको थियो ।

आयोगले हावाहुरीमा परी अभिभावकसहित ४ जना परिवार गुमाएका बारा फेटा गाउँपालिका ६ का १४ वर्षीय साहेब अन्सारीलाई निःशुल्क पढाउने जिम्मासमेत लिएको छ ।

Published : Wednesday, 2019 April 3, 7:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया