ओलीको कम्युनिस्ट सरकार भ्रष्टाचारी बन्योः डीला संग्रौला

घोराही । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डीला संग्रौलाले मौलाउँदो भ्रष्टाचारलाई खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नियन्त्रण गर्न नसकेको बताएकी छिन् ।

दाङमा आयोजित कार्यक्रममा संग्रौलाले भ्रष्टाचारमा शून्यसहनशीलताका कुराहरू सरकारले गरेपनि व्यवहामा भ्रष्टाचार बढ्दै गएको बताइन् ।

केन्द्रीय सदस्य संग्रौलाले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाईरहँदा पनि कम्युनिस्ट सरकारले नियन्त्रण नगरी रमिते बनेको आरोप लगाइन् ।

नेतृ संग्रौलाले सरकारका गलत क्रियाकलापहरूको संसदमा कांग्रेसले विरोध गरिरहेको उल्लेख गरिन् ।

अर्को प्रसंगमा कांग्रेसमा रुपान्तरणको खाँचो रहेको भन्दै उनले पार्टीको नेतृत्व गर्न महिलाहरू सक्षम भएको बताइन् । उनले अबको नेतृत्व महिलाले गर्न पाउनुपर्ने बताइन् ।

महिला संघ दाङ जिल्ला सदस्य निर्मला गौतम रेग्मीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, महिला संघकी कोषाध्यक्ष जानकी सिंह, कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगी, नेपाली कांग्रेस दाङकी कोषाध्यक्ष सावित्रा राना लगायतले बोलेका थिए ।

Published : Friday, 2019 March 29, 10:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया