तरुण दल काठमाडौंले राख्यो पुनर्मिलन कार्यक्रम, कम्युनिस्टहरूको धड्कन बढ्यो
काठमाडौं । नेपाल तरुण दल काठमाडौंले शनिबार पुनर्मिलन कार्यक्रम र वनभोज कार्यक्रम राखेको छ ।
नेपाल तरुण दल काठमाडौंले दक्षिणकालीमा शनिबार वनभोजसहितको पुनर्मिलनको कार्यक्रम राखेको छ । नेपाल तरुण दलका पूर्व नेताहरूलाई वनभोजमा सहभागी गराएर सम्मान गरिनेछ ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशमा कम्युनिस्ट अधिनायकवाद लादने प्रयास भइरहेका बेला नेपाल तरुण दल काठमाडौंले पुनर्मिलनको कार्यक्रम राखेर आन्दोलनको संकेत गरेको छ ।
वनभोज कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरूलाई निम्तो दिइएको थियो । तर, शीर्ष नेताहरू विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुन गएकाले अनुपस्थित हुनेछन् ।
वनभोज र पुनर्मिलनको कार्यक्रममा तरुणद काठमाडौंले कांग्रेस नेता प्रकाशमान सिंह, अम्बिाका बस्नेत, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, बालकृष्ण खाँण, महादेव गुरुङ, विनोद कायस्थ, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरू सहभागी हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत