पत्रकारितामा समस्या आउँछन्, पत्रकार भाग्नु हुँदैनः किशोर नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममध्य बुधबारको दोस्रो कार्यक्रम जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जोखिमपूर्ण भएतापनि जनतालाई सूसुचित गर्न पत्रकारितमा निरन्तरता आवश्यक रहेको बताउँदै जोखिमपूर्ण अवस्थाको अनुभव प्रस्तुत गर्ने प्रस्तुत कर्ताहरूलाई धन्यबाद व्यक्त गरे ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सहभागीहरूलाई स्वागत गर्दै पत्रकारितामा अवसर र चुनौती दुबै रहेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले पत्रकारिता क्षत्रमा रहँदा आफूले पनि विभिन्न समस्या झेल्नुपरेको भन्दै समस्याहरूबाट भाग्न नहुने बताए ।

फोटो पत्रकार चन्द्रशेखर कार्कीले जोखिमपूर्ण अवस्थाको रिपोर्टिङका अनुभवहरू साट्दै फोटो पत्रकारिता पत्रकारिता क्षेत्रकै महत्वपूर्ण विधा रहेको भन्दै आफ्नो कमजोरीले आफूलाई सुधार्दै लैजाने बताए ।

पत्रकार दीपा दाहालले रिपोटिङ्का क्रममा आफूले भोगेका तिता मिठा अनुभवहरू साट्दै पत्रकारितामा अवसर र चुनौती दुबै रहेको बताइन् ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहिक पत्रकार रोजिता बुद्धाचार्यले सगरमाथा आरोहण मात्रै नगरेको भन्दै त्यसक्रममा आफूहरूले देखेको स्थलगत रिपोर्ट तयार गरी सरकारलाई बुझाएको बताइन् ।

त्यस्तै पत्रकार होम कार्कीले खाडी मुलुकमा प्रेस स्वतन्त्रता नभएको भन्दै त्यहाँबाट पत्रकाारित गर्नु वास्तवमै चुनौतीपूर्ण रहेको बताए । उनले पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरूको यर्थाथता उजागर गरेको बताए ।

कार्यक्रममा पत्रकार रेवती सापकोटाले द्वन्द्वकालमा आफूले राज्यका तर्फबाट भोग्नुपरेको पीडा र आफूले गरेको पत्रकारिता बारेको अनुभव प्रस्तुत गरे ।

पत्रकार ऋषिराम पौडेलले भूकम्पको बेलामा गरेको जोखिमपूर्ण पत्रकारिताका बारेमा आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए ।

Published : Friday, 2019 March 29, 7:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया