विद्यार्थीद्वारा विभिन्न ठाउँमा प्रदर्शन, दुई जना पक्राउ
काठनाडौं । एसईई परीक्षाको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीले प्रदर्शन गर्नुका साथै तोडफोड गरेका छन् ।
प्रदेश २ का ८ जिल्लामा विज्ञान विषयको शुक्रबारको परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीले विभिन्न स्थानमा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
उक्त विषयको परीक्षा रद्द गरी पुनः अर्को दिन परीक्षा हुने भन्ने समाचार आएपछि विद्यार्थीले विरोध प्रदर्शन गर्ने क्रममा विभिन्न स्थानमा तोडफोड गरेर सामान्य क्षति पु¥याएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
तोडफोडमा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाका बिभिन्न स्थानमा प्रदर्शनकारीले सवारी साधन आवत जावतमा रोक लगाउन खोजेका थिए ।
उनीहरूलाई प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा विद्यार्थीले तोडफोड गर्दा ना.१ झ १२६९ नम्बरको पिकअप गाडी र बा.१ ग.२५८१ नम्बरको गाडीको अगाडिको सिसा फुटेर क्षति भएको छ ।
वीरगंज महानगरपालिका १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिटको सिसा, अस्थाई प्रहरी पोष्ट घण्टाघर भवनको झ्यालको १ वटा सिसा तथा एलईडी टिभी, टेम्पो पार्कस्थित प्रतिक्षालयको एलईडी टिभी, बसपार्कस्थित ६ वटा बसका सिसा, नेशनल ईन्फोटेक कलेजको झ्यालको ८ वटा सिसा, ईमेक्स सिनेमा घरको अगाडिको सिसा, अनुभूति क्याम्पसको सिसा समेत फुटेर क्षति भएको छ ।
झडपमा परी ४ जना विद्यार्थी, १ जना शिक्षक र ४ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
साथै सोही विषयलाई लिएर विरोध प्रर्दशन गर्ने क्रममा धनुषा जनकपुर उपमहानगरपालिका ९ पिडारी चोकमा रोकी राखेको ना.५ ख ५०४५ नम्बरको बसको अगाडिको सिसा र प्रदेश २ को मन्त्रालय अगाडि रोकी राखेको बा.२० च ९३७१ नम्बरको कारको पछाडिको सिसा विद्यार्थीले फुटाइदिएका छन् ।
विद्यार्थीले सर्लाही मलंगवा नगरपालिका ९ कृष्णचोकमा रहेको सिसिटिभी क्यामरा फुटाइदिएका छन् ।
स्थानीय प्रहरीको पहलमा हाल उक्त स्थानहरूको स्थिति नियन्त्रणमा लिइसकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत