अमेरिकामा स्कुलभित्र यस्तो अवस्थामा भेटिए गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले अमेरिकाको हवार्ड विश्व विद्यालयस्थित केनेडी स्कुलमा अध्ययन गरेका छन् ।
एक हप्ता अगाडि अमेरिका प्रस्थान गरेका थापाले ‘एक्काइसौँ शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकमा कोर्स गर्न थालेका हुन् । उनी नेपाली कांग्रेसका सांसद पनि हुन् ।
नेपालस्थित अमेरिकन एम्वेसीले शुक्रबार बिहान युवा नेता थापाको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ ।’
थापालाई उदृत गर्दै अमेरिकन एम्वेसीले लेखेको छ, ‘उहाँ भन्नुहुन्छ, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरीरहेको छु । एकदमै रमाइलो लागेको छ ।’
नेपालका लागि अमेरिकन एम्वेसीले कांग्रेस नेता थापालाई ‘हामी उहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं’ भनेर शुभकामना पनि दिएको छ ।
नेपालको राजनीतिमा कम्युनिस्टहरूले दुई तिहाइ बहुमतका साथ सरकार बनाएर चलाइरहेका बेला कांग्रेसका युवा नेता थापा अमेरिका अध्ययनका लागि गएका छन् । उनी अध्ययन पूरा गरेर एक महिनापछि स्वदेश फर्कनेछन् ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरू कम्युनिस्ट र कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अधिनायकवादविरुद्ध गाउँ अभियान चलाएका बेला कांग्रेसका युवा नेता थापा भने अमेरिका पुगेका छन् ।
कांग्रेसका नेताहरूले कम्युनिस्टविरुद्ध गाउँ–गाउँबाट जनतालाई जागरुक बनाएका छन् । कांग्रेसको अभियानबाट गाउँका जनतामा उत्साह थपिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत