क्यानडामा गिरिजाबाबुको स्मरण, दीप प्रज्वलन
क्यानडा । नेपाली कांग्रेस निकटको नेपाली जन–सम्पर्क समिति क्यानडाले पूर्वप्रधानमन्त्री तथा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस भव्य रुपमा मनाएको छ ।
स्मृति दिवसको उपलक्ष्यमा क्यानडाको ब्राम्टन शहरमा एक कार्यक्रम गरी दीप प्रज्वलन गरी मनाइएको केदारप्रसाद निरौलाले जानकारी दिएका छन् ।
‘गिरिजाबाबुले शान्ति प्रक्रियामा गर्नुभएको योगदानको स्मरण गरेका हौँ’, उनले भने, ‘नेपालको परिवर्तनमा गिरिजाबाबुको ठूलो योगदान छ । उहाँकै नेतृत्वमो ०६२–६३ को आन्दोलन सफल भएको थियो ।’
कार्यक्रममा समितिका पदाधिकरी लगायत एनआरएन क्यानडाका उपसभापति राज महत, एनआरएन क्यानडाका सल्लाहकार प्रकाश ज्ञवाली, केदारप्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समितिका महामन्त्री बिद्याभूषण कार्कीले नेपालको शान्ति तथा द्वन्द्व व्यवस्थानपनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पुर्याएको अतुलनीय योगदानको चर्चा गरे ।
गिरिजाप्रसाद कोइरालाको जीवनीको बारेमा संक्षिप्त रुपमा कार्कीले प्रकाश पारेका थिए ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई संझिदै १ मिनेट मौन धारणा गरेर शुरु गरिएको दीप प्रज्वलन कार्यक्रममा उपस्थिति सबैलाई समितिका सभापति रामबाबु थापाले धन्यवाद ज्ञापन दिएका थिए ।
सहभागीहरूले नेपाली कांग्रेसले लोकतन्त्र र संविधानका लागि ठूलो योगदान गरेको पनि बताएका थिए । उनीहरूले नेपालमा कम्युनिस्टहरूले काम गर्न नसक्ने भन्दै जनताले नेपाली कांग्रेसको साथ खोजेको बताए ।
गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस क्यानडाका साथै विभिन्न देशहरूमा नेपाली कांग्रेसका शुभेच्छुकहरूले मनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत