कांग्रेस नेता कार्कीको काठमाडौंमा निधन
काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा जिल्लाका नेता चित्रबहादुर कार्कीको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका सर्केटारी निवासी चित्रबहादुर कार्कीको ६५ वर्षको उमेरमा यही चैत १३ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको जनाएको छ ।
स्व.चित्रबहादुर कार्की नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रीय सचिव र केन्द्रीय कर्मचारी संघका केन्द्रीय सदस्य रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह पनि गरेका थिए । उनका ४ छोरा र ३ छोरी छन् ।
कार्कीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ ।
स्याङ्जा जिल्लामा नेता कार्कीले कांग्रेसको संगठन निर्माण र सुदृढीकरणका लागि आफूलाई सधैँ केन्द्रित राख्दै आएका थिए । उनको निधनले स्याङ्जामा ठूलो क्षति पुगेको कांग्रेसका नेताहरूले बताएका छन् ।
चैत्र १४, २०७५
शोक विज्ञप्ति
स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका सर्केटारी निवासी चित्रबहादुर कार्कीको ६५ वर्षको उमेरमा यही चैत्र १३ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भयो ।
स्व. चित्रबहादुर कार्की नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.१ का क्षेत्रीय सचिव र केन्द्रीय कर्मचारी संघका केन्द्रीय सदस्य रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका ४ छोरा र ३ छोरी हुनुहुन्छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत