कम्युनिस्ट सरकारले राष्ट्रपतिलाई किनिदियो एक अर्ब ५० करोडको हेलिकप्टर
काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक अर्ब ५० करोड खर्च गरेर सुविधा सम्पन्न हेलिकप्टर खरिद गरेको रहस्य बाहिर आएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले राष्ट्रपति भण्डारीलाई यति महँगो हेलिकप्टर खरिद गरेको समाचार कारोबार दैनिकले आइतबारको अंकमा समाचार प्रकाशित गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी झण्डै डेढ अर्ब रुपियाँ खर्चेर इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको छ ।
सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला कम्युनिस्ट सरकारले भण्डारीलाई थप विवादमा तान्नेगरी २४ सैँ घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको छ ।
सरकारले राष्ट्रपति भण्डारीलाई खरिद गरिदिएको सुविधा सम्पन्न हेलिकप्टरको नेकपाका महासचिव विष्णु पौडेलले बचाउ गरेका छन ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपति भण्डारीलाई विवादित बनाउन हेलिकप्टर खरिदको विरोध भएको बताए । ‘राष्ट्रपतिलाई विवादमा किन तानिन्छ ?’, उनले भने, ‘आवश्यक पर्ने बस्तु खरिद गर्दा विरोध गर्नु हुँदैन ।’
पौडेलले राष्ट्रपति भण्डारीलाई खरिद गरिएको हेलिकप्टरको बारेमा विवाद नगर्न चेतावनी दिए ।
यसअघि राष्ट्रपति भण्डारीलाई विलासी गाडी खरिद गर्न कम्युनिस्ट सरकारले १८ करोड रुपियाँ निकासा गरिसकेको छ । यो निर्णयको सर्वसाधारणदेखि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले समेत विरोध गरिसकेको छ ।
1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले राष्ट्रपतिलाई किनिदियो एक अर्ब ५० करोडको हेलिकप्टर”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Kaha bata aayo yetro ek aarba pachash karod paisa….yetro paisha khar cha garera kinna jaruri thiyo ra janta ko khun pasina ko paisa shahi thauma shadupayog garnu paro neta jiyou..