पूर्वएमालेका इच्छाराजको अर्को धुन्धुकारी काण्ड
काठमाडौं । राजनीतिक शक्तिको आडमा सिभिल होमले राष्ट्र बैंकको नीति विपरित काम गर्दै आएको तथ्य बाहिर आएको छ ।
कोठमाडौंको सिटिसी मलमा सिभिल बैंकको कर्पोरेट कार्यालय सञ्चालन गरेसँगै यसको रहस्य खुलेको छ ।
बैंकले आफ्नै समूह र एउटै मालिकले निर्माण गरेको मलमा कर्पोरेट कार्यालय राखेर राष्ट्र बैंकलाई चुनौती दिएको छ । सिभिल बैंक र सिभिल मलका सञ्चालक एउटै व्यक्ति इच्छाराज तामाङ हुन् ।
घरजग्गा व्यवसायी तथा सांसद् तामाङको सिभिल होम र बैंक दुबै संस्थामा उत्तिकै हैसियतमा शेयर लगानी रहेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था ऐन(वाफिया) अन्तर्गत बैंकको कम्तिमा एक प्रतिशतसम्म सेयर भएका सेयरधनीको व्यक्तिगत सम्पत्तिमा बैंकको कुनै पनि संरचना भाडामा लिन/दिन वा भोगचलन गर्न नपाईने नियम छ । संसदबाट यस्तो नियम पारित गराउने संयोजक उनै तामाङ हुन् । तर, उनी आफै संयोजक भएर आफैले बनाएको कानूनको उल्लंघन गर्दैछन् ।
बैंकले कर्पोरेट कार्यालय राख्ने प्रयोजनका लागि सिटिसी मलमा विभिन्न ब्यक्तिको सम्पत्ति भाडामा लिएको बताए पनि संयुक्त आवास ऐनले उक्त सम्पत्ति पूर्ण रुपमा हस्तान्तरण नभएसम्म सामूहिक स्वामित्वमा रहने उल्लेख गरेको छ ।
मलमा अझै पनि तामाङको ४० प्रतिशत स्वामित्व रहेको छ । तामाङले सिभिल मलका युनिटहरू बजार मूल्यमा नबिकेपछि आफूले भाडामा लिएर सञ्चालन गरिएको भवनलाई छाडेर सिटिसी मलमा बैंकको कर्पोरेट कार्यालय सारेका हुन् । सिभिल बैंकबाट सिटिसी मलमा बैंकको कर्पोरेट कार्यालय राख्न प्रस्ताव आएपनि स्वीकृती भने नदिइएको स्रोतले बताएको छ ।
सिभिल होमको स्वामित्वबाट सिभिल बैंकले प्रयोग गर्न लागेको युनिट अन्य कम्पनी वा व्यक्तिको नाममा हस्तान्तरण भए बैंक सञ्चालन गर्न पाइन्छ । सिभिल होमले मलको युनिट बेच्छ र बेचिरहेको छ । यो व्यवसाय हो । (यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार)
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत