जनतासँग किन डरायो कम्युनिस्ट सरकार ? पत्रकारहरूको संस्था रिसायो

काठमाडौं । नेपाल पत्रकार महासंघले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गरेर कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरूले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै प्रवक्ताबाट औपचारिक रुपमा कुनै जानकारी नगराइएकोमा आपत्ति जनाए ।

‘अहिले सरकारका मन्त्रीहरूले ‘मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णयहरू तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्दछ भन्ने महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सञ्चार प्रविधिको तीब्रतर विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारका निर्णहरुको सूचना पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्छ भन्नु विगतमै अभ्यास हुनु छाडिसकेको सामन्ती परम्पराको निरन्तरता हुन जानेतर्फ सरकार सजग बन्नुपर्छ भन्ने महासंघको आग्रह छ’, महासचिव विष्टले भनेका छन्, ‘ मन्त्रिपरिषद्का निर्णयहरू बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।’

कम्युनिस्ट सरकारले आइतबारको मन्त्रिपरिषदका निर्णयहरू लुकाएको थियो । तर, अर्को दिन मन्त्रिपरिषदका सबै निर्णयहरू सञ्चारमाध्यमहरूमा लिक भएका थिए ।

Published : Monday, 2018 November 12, 8:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया