नेविसंघले ओलीको पुत्ला जलायो, सरकारलाई झुकाइ छाड्ने
काभ्रे । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काभ्रे, महोत्तरीसहितका जिल्लामा कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।
प्रधानमन्त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघका कार्यकर्ता रिहाइको माग गर्दै सोमबार ओलीको पुत्ला दहन गरिएको हो ।
नेविसंघले काभ्रेले बनेपामा ओलीको पुत्ला दहन गरेको छ । बनेपाका दुई स्थानमा पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
नेविसंघ आव्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् ।
प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले आइतबार र सोमबार आव्हान गरेको हड्तालका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ ।
नेविसंघले महोत्तरीमा पनि प्रधानमन्त्री ओलीको पुत्ला जएको छ । पुत्ला जलाउने क्रममा ओली र सरकारविरुद्ध चर्का नारावाजी भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत