काठमाडौं जाँदै गरेको दाङको बस दुर्घटना
भरतपुर । दाङबाट काठमाडौं जाँदै गरेको यात्रु बाहक बस नवलपरासीको अमरापुरीमा दुर्घटना भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा घाइते भएका मध्ये घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षीय होमबहादुर पोखरेल, शान्तिनगर गाउँपालिका वडा नं. १ का एक वर्षीय बालक यनुष विक र तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
१० जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत