कांग्रेसका यी व्यापारी नेता केपी ओलीको भक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी ओली ठूलो फ्यान रहेको बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी समेत रहेका गुरुङले भने, ‘उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन् । कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन् । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् । नेता गुरुङको यो अभिव्यक्तिले धेरै कांग्रेसीहरू रिसाएका छन् ।

प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने, ‘ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । उहाँले गरेको कामको म उच्च मूल्यांकन गर्छु । विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ । यसमा ओली सफल हुनुपर्छ ।’

Published : Thursday, 2018 November 8, 10:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया