किन यति ढिला भयो यस पटक भाइटीकाको साइत ?
काठमाडौं । तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
समितिका सदस्यसचिव डा.सूर्य ढुंगेलले मनुष्यको पूजा मध्यान्हकालमा गरिने भएकाले सोहीअनुसार साइत खोजिएको बटाए । उनले उत्तम साइत दिउँसो ११ बजेर ५५ मिनेटमा निस्किएको बताए ।
‘११ बजेर ५५ मिनटको समय शुभ छ’, उनले भने, ‘अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त समयमै भाइटीका लगाउनु उत्तम हुन्छ ।’
त्यसपछिको समयमा पनि टीका लगाउँदा हुने ढुंगेलले बताएका छन् । तोकिएको साइतमा नभ्याउनेले त्यसपछि पनि भाइटीका लगाउन सक्नेछन् ।
भाइटीका लगाउनुअघि दियो, कलश र गणेशको, त्यसपछि अष्टचिरञ्जीवी र त्यसपछि यमराज–यमुनाको पूजा गर्ने चलन छ ।
भाइटीकामा दाजुभाईको जीवन रंगमय होस् भनी निधारमा सप्तरंगी टीका लगाउने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत