कांग्रेसका यी पुराना ‘बाघ’का बारेमा पार्टीभित्र कस्तो छ प्रतिक्रिया ?

काठमाडौं । कांग्रेस नेता विजयकुमार गच्छदारलाई बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाउने तयारी थियो । सबै नेताहरू सहमत थिए ।

सभापति शेरबहादुर देउवाले राजनीतिक आवश्यकताको आधार प्रस्तुत गर्दै उपसभापति मनोनीत गरेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।

व्यक्तिभन्दा पनि प्रक्रियामा आफूहरूले असन्तुष्टि जनाएको नेता अर्जुननरसिंह केसीले बताए । उनले व्यक्तिका रूपमा गच्छदारप्रति आफूहरूको कुनै असहमति नरहेको बताए ।

तर, विधानमा भएको व्यवस्थालाई फुकाएर गर्नुपर्नेमा आफूहरूको जोड रहेको केसीले बताएका छन् । केसीले भनेका छन्, ‘राजनीतिक निर्णयका आधारमा गरिएपछि प्रक्रियालाई ख्याल गरिएन भन्ने हाम्रो मत हो ।’

गच्छदारलाई राजनीतिक निर्णयमै उपसभापति मनोनीत गरिनु विधिविपरित भएको भन्दै नेता रामचन्द्र पौडेलले गुनासो गरेका थिए ।

सभापति देउवाले एक वर्षअघि नै पार्टी एकतापछि गरिएको निर्णयलाई राजनीतिक निर्णयकै रूपमा बुझिदिन आग्रह गरेका छन् ।

अर्का उपसभापति विमलेन्द्र निधिले पार्टी एकता राजनीतिक विषय भएकाले उपसभापितमा मनोनीत गर्नु पनि राजनीतिक नै भएको बताए ।

‘पार्टी एकता पनि राजनीतिक नै हो । उहाँलाई राजनीतिक सहमतिका आधारमा उपसभापति चयन गरिएको हो,’ निधिले भने, ‘यो निर्णयलाई महासमितिले ग्रहण गर्छ ।’

सुनसरी जिल्लामा तत्कालीन एमालेकी उम्मेदवार भगवती गच्छदारलाई नराम्रोसँग पराजित गरेका थिए । गच्छदारलाई हराउन कम्युनिस्टहरूले ठूलो चलखेल गरेका थिए । तर, गच्छदारले जितेरै छाडे ।

Published : Wednesday, 2018 November 7, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया