लक्ष्मी पूजाको दिन ड्याम्म पल्टियो बस

चितवन । चितवनमा भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ ।

उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ना ६ ख ९३६६ नम्बरको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार थिए ।

Published : Wednesday, 2018 November 7, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया