प्रधानमन्त्री ओलीको दलभित्र यति ठूला जासुस, देश हल्लियो
काठमाडौं । प्रदेश नम्बर ३ को मन्त्री पदबाट बर्खास्तमा परेका नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सांसद केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई अमेरिकन जासुसी संस्था सिआईएले परिचालन गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री पौडेल र प्रदेश सांसद स्थापित केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् नेता हुन् ।
स्थपितले मुख्यमन्त्रत्री पौडेललाई यति ठूलो अभियोग लगाएपछि प्रधानमन्त्री समेत रहेका ओलीलाई तनाव बढेको छ । आफ्नै पार्टीका नेताहरु एकअर्काविरुद्ध उत्रिएपछि ओली चिन्तामा डुबेको एक नेताले बताए ।
रिपोर्टर्स क्लव नेपालमा मंगलबार आयोजित साक्षत्कारमा सांसद स्थापितले भने, ‘ललितपुरको भैसेंपाटीमा डोरमणि पौडेलको आरामदायी कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ ।’
स्थापितले मुख्यमन्त्री पौडेलमाथि संगीन आरोप लगाउँदै भने, ‘तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ ।’

स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’को आर्थिक सहयोग लिएको आरोप लगाए ।
उनले भने, ‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’
यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत