गगनलाई दुश्मन ठान्ने स्थापितलाई अर्को बज्रपात
काठमाडौं । प्रदेश ३ को पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्तमा परेका कम्युनिस्ट नेता केशव स्थापितलाई अर्को बज्रपात परेको छ ।
मन्त्रीबाट हटाइएका स्थापितको चीन भ्रमण रद्द भएको छ । प्रदेश ३ को मन्त्रीको हैसियतमा चीन भ्रमणमा जाने तयारीमा स्थापित रहेका थिए ।
स्थापितको पद गुमेपछि हैसियत फेरिने भएपछि चीन भ्रमण रद्द भएको स्रोतले जनाएको छ । स्थापितको पद गुमेपछि चीनले पनि भ्रमणमा लैजान रुचि देखाएको थिएन ।
मन्त्रिपरिषद् बैठकमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि स्थापितलाई शुक्रबार बर्खास्त गरिएको थियो ।
निर्वाचनका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नानाथरी आरोप लगाएर विवादमा आएका स्थापितलाई आफ्नै पार्टीले विश्वास गर्न सकेको छैन । सोही कारण स्थपित पार्टीभित्र पनि एक्लिदै गएका छन् ।
1 प्रतिकृया प्राप्त “गगनलाई दुश्मन ठान्ने स्थापितलाई अर्को बज्रपात”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Kinda saadda