चर्को जातीय कुरा उठाउँदै आएका कम्युनिस्ट नेताको निधन
काठमाडौं । कम्युनिस्ट नेता पद्मरत्न तुलाधरको मृत्यु भएको छ । तुलाधरको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । काठमाडौंको थापाथलीस्थित एक अस्पतालमा तुलाधरको निधन भएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए ।
तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेज भएको थियो । त्यसपछि उनलाई अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था झन् जटिल भएपछि नर्भिक अस्पताल सारिएको थियो । पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए । तुलाधरका श्रीमती निलशोभा तुलाधर, दुई छोरी र दुई छोरा छन् ।
कुनै बेला एमालेमा रहेर राजनीति गरेका कम्युनिस्ट नेता तुलाधरले पछिल्लो समय चर्को जातीय कुरा उठाउँदै आएका थिए । उनले उठाएको जातीय कुरालाई धेरैले मन पाराएका थिएनन् ।
Published : Sunday, 2018 November 4, 3:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत