अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेसको सिद्धान्त विजय भएको बताएका छन् ।

काठमाडौंमो शनिबार आयोजित कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बन्ने बताए ।

उनले भने, ‘म निरन्तर लागि रहने छु । कांग्रेसलाई एक ढिक्का बनाइसकेपछि मात्रै विश्राम लिन्छु ।’

सभापति देउवाले देश अप्ठ्यारो अवस्थामा रहेको बताए । उनले मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको बताए ।

Published : Saturday, 2018 November 3, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया