निर्मला हत्याः व्यक्तिगत न्यायको प्रश्न मात्र होइन
काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको युद्ध कुनै राजनीतिक घटना नभएको बताएका छन् ।
उनले जनयुद्धलाई ‘नेपाल विरोधि राजनीतिक योजनाको कडि थियो’ भनेका छन् । ‘कैलाली घटना व्यक्तिगत अपराध थिएन, दरबार हत्याकाण्ड दीपेन्द्रको सनक थिएन’, उनले भनेका छन्, ‘यी सबै घटनाहरू नेपाल विरोधि राजनीतिक योजनाका कडिहरू थिए । दासढुंगा, जमीम हत्या, फैजान हत्या सबै यस्तै प्रकारका घटनाहरू हुन् ।’
‘निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्ने अपराधीहरू अर्को ग्रहबाट आएका होइनन् र फर्केर उतै गएका पनि छैनन्’, उनले भने, ‘जसले छानबिनको नौटंकी देखाइरहेका छन ।’
राजनीतिक विश्लेषक दाहालले भने, ‘हत्याराहरू त्यहि समूहका सदस्य हुन् । परिस्थितिलाई कुन बहानामा असामान्य अवस्थामा लैजाने भन्ने देशी र विदेशी प्रतिकृयावादी शक्तिहरूको योजनाको परिणाम हो यो घटना ।’
उनले भने, ‘जब हामीले यस्ता अस्वाभाविक घटनाहरूलाई देशको समग्र परिस्थितिबाट अलग्याएर हेर्छौं तब मुद्दाहरू कमजोर बन्न जान्छन् ।’
‘निर्मलाका हत्याराहरू खोज्ने प्रयास व्यक्ति पात्रहरूमा मात्र केन्द्रित हुँदा यो षडयन्त्र गर्ने सञ्जाल सुरक्षित हुन पुगेको छ । यसलाई जटिल बनाएर राजनीतिक खेल खेल्ने अपराधको भण्डाफोरमा केन्द्रित नभएसम्म जटिलता कायमैं रहन्छ’, उनले भनेका छन् ।
‘यो नेपालमा अपराधलाई संस्थागत गर्ने र नेपाललाई सँधै अस्थिर बनाई राख्ने ०६३ सालमा स्थापित अपराधि माफिया सत्ता र यसका पछाडि रहेका साम्राज्यवादीहरूको चालमा तयार भएको योजना बाहेक अरु केही होइन’, उनले भनेका छन् ।
दाहालले भनेका छन्, ‘यसैका निहुँमा हिंसाको वातावरण बनाउने र हिंसाको आडमा नेपाल विरुद्ध अरु अनिष्टकारी खेलहरू संगठित गर्ने चालको पर्दाफास हुन आवश्यक छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत