अष्ट्रेलियाका यी ठूला शहरमा नेपालीहरू बस्न नपाउने !

सिड्नी । नेपालीहरूलाई अस्ट्रेलियाको सरकारले प्रमुख ठूला तीन शहरहरूमा बस्न नदिने भएको छ । सिड्नी, मेलबोर्न र ब्रिसबेन जस्ता ठूला शहरहरूमा नेपालीसहित आप्रवासीहरूलाई अष्ट्रेलियन सरकारले बस्न नदिने कानून बनाउने भएको छ ।

तोकिएका यी ठूला शहरभन्दा बाहिर भने बस्न पाइनेछ । ठूला शहरहरूमा मान्छेको चाप बढेपछि अष्ट्रेलियन सरकारले यो नयाँ योजना प्रस्ताव गरेको छ ।

बन्दै गरेको कानून नयाँ आप्रवासीहरूलाई लागू हुने सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

नयाँ आप्रवासीलाई भिसा दिँदै शर्त राखेर अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रमा मात्र बस्न दिने नयाँ योजना सरकारले अघि सारेको छ ।

नियमअनुसार कम्तीमा पाँच वर्ष आप्रवासीहरूले ग्रामिण क्षेत्रमा बस्नुपर्नेछ । यो प्रस्तावित योजनामा थप के–कस्ता नियम हुनेछन् भन्ने स्पष्ट भइसकेको छैन ।

Published : Wednesday, 2018 October 10, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया