आइजीपी खनालको अभिव्यक्तिले आशाको किरण थपियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणलाई केही दिनभित्रै प्रहरीले राम्रो काम गरेर देखाउने दाबी गरेका छन् ।

निर्मला पन्तको बलात्करपछि हत्या घटनाको विषयलाई लिएर प्रहरीको चौतर्फी आलोचना भइरहेको बेला महानिरीक्षक खनालले प्रहरीले कुनै पनि घटना नलुकाइ सबै कुरा पारदर्शी रूपमा प्रस्तुत गरेको बताए ।

खनालले भने, ‘केही दिनमै प्रहरीले राम्रो काम गरेको देख्न पाउनु हुनेछ ।’ ट्राफिक प्रहरी सातदोबाटो, ललितपुरको नयाँ भवन उद्घाटन समारोहमा बोल्दै उनले एक दुई जना प्रहरीको सानो गल्तीले गर्दा प्रहरी संगठन नै बद्नाम गराउने काम भइरहेको बताए ।

प्रहरीमाथि अहिले हिलो छाप्ने काम भइरहेको भन्दै जनताले साथ दिनुपर्ने उनले बताए । ‘प्रहरीमाथि हिलो छाप्ने काम भइरहेको छ’, उनले भने, ‘यसमा जनताले साथ दिनुपर्छ ।’

प्रहरीले कुनै पनि घटना नलुकाएको उनले बताए । ‘प्रहरीले कुनै पनि घटना लुकाउँदैन र लुकाउनुपर्ने कारण पनि छैन’, उनले भने, ‘किनकी प्रहरी भनेको जनताको हो ।’

उनले प्रहरी प्रशासनलाई पारदर्शी रूपमा काम गर्न पनि निर्देशन दिए । ‘प्रहरीले पारदर्शी भएर काम गर्नुपर्छ र यदि कोही पारदर्शी नभए तिनीहरूलाई पाखा लगाउनुपर्छ’, खनालको भनाइ छ ।

Published : Wednesday, 2018 October 10, 12:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया