यौनसम्पर्क… हत्या गर्ने पौडेलको बयानले प्रहरी चकित

पोखरा । बालिका बलात्कारको अभियोगमा पोखराका कुशुम पौडेल जेल चलान भएका छन् ।

पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा पक्राउ परेका पौडेललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत कास्कीले मंगलबार पौडेललाई पुर्पक्षका लागि कास्की कारागारमा राख्न आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पौडेलले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । रक्सीमा मात्तिएर श्रीयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलको बयान छ ।

पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको पौडेलले अदालतमा बयान दिएका छन् ।

श्रेयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका छन् ।

रक्सी पिएकै भरमा सानी बालिकालाई बलात्कार र हत्या गरेको भनेर दिएको बयानले प्रहरी चकित परेको जनाएको छ ।

अदालतमा प्रहरीले पौडेलले बयान दिएको भिडियो, पोस्टमाटम रिपोर्ट र अहिलेसम्मको प्राप्त प्रमाणलाई पेश गरेको थियो ।

जिल्ला न्यायाधीवक्ता अजुर्नप्रसाद कोइरालाले पौडेलको विपक्ष र वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले पक्षमा बहस गरेका थिए ।

Published : Tuesday, 2018 October 9, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया