निर्मलाको पक्षमा ठाउँ–ठाउँमा प्रदर्शन, गृहमन्त्रीको कुर्सीमा रातो बत्ती बल्यो
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको भन्दै विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।
निर्मला पन्तका निम्ति न्याय माग्दै राजधानीमा सोमबार पनि प्रदर्शन भएको हो । निर्मलाका दोषीलाई कारबाही र असक्षम गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै दाङ जिल्लामा पनि प्रदर्शन भएको छ ।
माइतीघर मण्डलामा थाल र चम्चा लिएर युवा नर्स सञ्जालले प्रदर्शन गरेका छन् । दाङको तुलसीपुरमा सैयौँ विद्यार्थी सडकमा उत्रिएर निर्मला पन्तका दोषीलाई कारबाही माग गरेका छन् । उनीहरूले गृहमन्त्री थापालाई असक्षम रहेको भन्दै राजीनामा माग गरेका छन् ।
निर्मला पन्तका निम्ति न्याय माग्दै दिनदिनै यस्ता प्रदर्शन भएता पनि प्रहरी घटनाका दोषीलाई पक्राउ गर्न विफल भइरहेको छ ।
सरकारले न्याय दिने प्रक्रियामा कान नसुनेको जस्तो देखिएकाले थाल ठटाएर जगाउनका लागि ‘थाल ठटाउँदै, न्याय माग्दै’ आन्दोलन गरिएको युवा नर्स सञ्जालले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत