भारतसँग भिडेर बसेका यी नेपालीहरूलाई ओलीले अपमान गरे

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुस्ताका स्थानीय बासिन्दा भेट्न अस्वीकार गरेपछि निराश बनेर फर्किएका छन् ।

भारतसँगको सीमा समस्या लिएर आएका सुस्ताबासीहरूले ओलीसँग भेट्न ठूलो प्रयास गरेका थिए । सीमाका दर्जनौँ समस्या लिएर आएका उनीहरूलाई प्रधानमन्त्री ओलीको व्प्यवहारले ठूलो चोट पु-याएको छ ।

उनीहरू प्रधानमन्त्री ओलीलाई भेट्कै लागि राजधानीमा दुई सातादेखि बसेका छन् । ओलीलाई भेट नपाएपछि निराश बनेर सुस्ताबासी फर्किन लागेका छन् ।

ओलीसँग समस्या पोख्न कै लागि उनीहरू असोज ९ गते काठमाडौं आएका हुन् । सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले प्रधानमन्त्री ओलीले भेट्न नमानेको गुनासो गरे ।

सीमा समस्या लिएर आएका उनीहरूले गाउँलेसँग चन्दा उठाएर ३० जनाको टोली काठमाडौं आएका थिए ।

उनीहरूले यो कम्युनिस्ट सरकारले आफ्ना समस्या नसुनेकोमा धेरै चित्त दुखाएका छन् । सुस्ताबासीलाई यो सरकारले आफ्ना नागरिक नै नभएको जस्तो व्यवहार गरेको आफूहरूलाई अनुभूति भएको खानले बताए ।

उनीहरूले उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री, सांसद, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पनि भेटेका थिए । भेटमा कसैबाट पनि आफ्ना समस्या सम्वोधनमा ठोस पहल गर्ने प्रतिवद्धता नआएको संघर्ष समितिका अध्यक्ष गोपाल गुरुङले बताए ।

अध्यक्ष गुरुङले प्रधानमन्त्रीले आफूहरूसँग भेट्न अस्वीकार गरेर अपमान गरेको गुनासो गरे ।

सुस्तामा ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि हाल साँघुरिएको छ । सुस्ता गाउँपालिका बनेको यो क्षेत्र नारायणी नदीपारी भारतको विहार प्रदेश भंसालोटन बजारसँग जोडिएको सीमावर्ती गाउँ भनेर चिनिन्छ ।

सुस्ता गाउँमा जग्गा अतिक्रमण, भारतीयसँगको सीमा विवाद, नागरिकता नपाउने, भौतिक पूर्वाधार अभाव, सुरक्षा, झोलुङ्गे पुल, तटबन्ध, खानेपानी, विजुली, बाटोघाटो, स्वास्थ्य लगायतका दर्जर्नौं समस्या छन् ।

Published : Monday, 2018 October 8, 9:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया