रेशम चौधरीलाई छाड्न कम्युनिस्ट सरकारलाई राजपाको दवाव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कैलाली जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीलाई छाड्न माग गरेर कम्युनिस्ट सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पुगेका राजपा नेपालका शीर्ष नेताहरूले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राजपा नेपालले रेशम चौधरीको रिहाई र सपथ ग्रहणको मागका साथै संविधान संशोधन, मुद्दा फिर्ता, अन्य बन्दीको रिहाईजस्ता विषय राखेर ओलीलाई ज्ञापनपत्र बुझाएको महासचिव केशव झाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चौधरीलाई रिहाई गरी शपथ गराउने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वन नगरेको आरोप राजपा नेपालको छ ।

टीकापुर घटनाको आरोपमा राजपा नेपालका नेता चौधरी थुनामा छन् । रिहाई र सपथग्रहणको माग राख्दै वीर अस्पतालमा अनशन बसेका चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनसन तोडाएका थिए ।

प्रधानमन्त्री ओलीले त्यतिबेला पनि राजपा नेपालका नेतालाई चाँडै सपथग्रहण गराउन आश्वासन दिएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताएका छन् ।

Published : Monday, 2018 October 8, 8:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया