सरकारले हत्यारालाई ढाकछोप गरेको छः डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए ।

उनले संघीयताको वास्तविक कार्यान्वयनका लागि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

सरकारले बलात्कार, हत्यालगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री डा.कोइरालाको आरोप छ । कांग्रेस महामन्त्री डा.कोइरालाले देशलाई समृद्ध बनाउन युवा परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

Published : Saturday, 2018 October 6, 3:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया