घरमा पत्नी हुँदा हुँदै भारतमा अर्की ताक्ने यी हुन् नेपाली पत्रकार
काठमाडौं । नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
पत्रकार झामाथि हिन्दुस्तान टाइम्सकै एक पूर्वमहिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।
वकीलसमेत रहेकी हिन्दुस्तान टाइम्समा कानून बिट हेर्ने महिला पत्रकारलाई यौन दुर्व्यवहार गरेको समाचार एउटा भारतीय अनलाइनले छापेको छ ।
सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटिन् । दुवैको डेस्क नजिक थियो ।
दुवैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो ।
एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारिन् । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् ।
‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन, आइन्दा यस्ता कुरा नगर’ भनेर इन्कार गरिरहँदा पनि झाले बारम्बार सन्देश पठाइराखेकाले दिक्क भएर सन् २०१६ मा हिन्दुस्तान टाइम्स छाड्नु परेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् ।
पत्रकार झाले पठाएको व्यङ्ग्यात्मक सन्देशमा लेखेको थिए, ‘तिम्रो साध्वी सुझावको लागि धन्यवाद ।’
पछिल्लो समय पत्रकार महिलाहरूले पनि आफूमाथि न्यूज रुममै पुरुष सहकर्मीहरूबाट दुर्व्यवहार भएको आरोप लगाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत