दशैँको मुखमा माइक्रो बस दुर्घटना, दाङलाई पीडा

घोराही । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको यात्रुबाहक माइक्रो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ अगैया जंगलमा दुर्घटना भएको हो ।

माइक्रो बसमा र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गाडी चालक तुलसीपुर उपमहानगरपालिकाका बलिराम चौधरी, तुलसी रावत, बसन्ती चौधरी लगायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अगैयाको जंगलमा बसलाई उछिन्न खोज्दा लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Published : Saturday, 2018 October 6, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया