निखारिने भयो कांग्रेस, सुझावहरुको अध्ययन नयाँ ढंगबाट शुरु
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विधान मस्यौदा समिति समक्ष बिभिन्न तहबाट आएका सुझाव प्रतिवेदन बुझाइएको छ ।
पार्टी मुख्यालय सानेपा ललितपुरमा बुधबार बसेको मस्यौदा समितिको बैठकमा सुझाव संकलनका क्रममा आएका धारणाहरुको प्रतिवेदन बुझाइएको हो ।
बैठकमा सात प्रदेशका १२ स्थानमा रायसुझाव संकलन गरी ल्याएका ६ वटा टोलीका सदस्यबीच संकलित सुझावको प्रतिवेदन एकआपसमा साटेर अध्ययन गर्न भनिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशस्तरीय छलफलपछि आएको सुझावलाई समेट्दै पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिन बिहीबारबाट छलफल थालिनेछ ।
सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने वा स्थानीय तह देखिनै सामूहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने मुख्य दुई विषय उठेको छ ।
संस्थापन पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरी प्रत्यक्ष निर्वाचित प्रणालीमा लविङ गरेको आरोप लगाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिलाई बढी अधिकार दिँदा निरङकुशता हावी हुने आशंका व्यक्त गर्दै आएको छ ।
पार्टीको आगामी संरचना कस्तो हुने भन्ने सम्वन्धमा प्रादेशिक तहको छलफलबाट आएको सुझावसहित छलफल हुनेछ ।
महासमिति बैठक अघि विधान संशोधनको तयारी गरेको कांग्रेसले त्यसको प्रारम्भिक मस्यौदाबारे प्रादेशिक तहमा छलफल गरेको थियो ।
विधानको प्रारम्भीक मस्यौदामा ८ तहको संरचना निर्माण हुनेछ । केन्द्रीय समितिको आकार पनि एकसय १ देखि बढीमा १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
विधानमा महिला संख्या ३३ प्रतिशत अनिवार्य हुनुपर्नेछ । प्रादेशिक तहबाट आएको सुझावलाई विधानलाई आगामी २५ गतेभित्र टुङ्गयाइनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत