ओली सरकार भ्रष्टाचारको अखडा बन्योः डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन् ।

गण्डक टोखा प्रजातान्त्रिक समाज नेपालले बुधबबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा डा.कोइरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए ।

नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको उनले बताए । डा.कोइरालाले सेनामाथि राजनीति नगर्न सरकारलाई चेतावनी दिए । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारको अखडा बनेको उनले बताए ।

कांग्रेस नेता डा.डा कोइरालाले निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा प्रहरी प्रशासन निरीह बनेको बताए ।

कांग्रेसलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका नेता भएपनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिए ।

Published : Wednesday, 2018 October 3, 10:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया