कांग्रेसीहरूको मनोबल उच्च बन्यो, कम्युनिस्ट सरकार दिक्क

काठमाडौं । सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

उपाध्यायलाई गत आइतबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो । न्यायाधीश र्इश्वर खतिवडाको एकल इजलासले बुधबार सरकारलाई नहटाउन आदेश दिएको हो ।

आफूलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाउदै उपाध्याय सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतको यो निर्णयले कांग्रेसप्रति शुभेच्छा राख्नेहरूको मनोबल उठेको छ ।

यसअघि पनि उपाध्यायलाई वर्तमान सरकार गठन भएलगत्तै हटाइएको थियो । त्यसबेला पनि सर्वोच्चको असार २९ गते आदेश दिदै उनलाई पुनःस्थापित गराएको थियो ।

उपाध्यायलाई २०७४ मंसिर २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

Published : Wednesday, 2018 October 31, 11:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया