शीर्ष नेताको मुख हेरेर कांग्रेसको विधान बनाउनु हुँदैनः युवा नेता पुरी
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले महासमिति बैठकले पार्टीको नयाँ विधानमा विवेक पु¥याएर निर्णय गर्नुपर्ने बताएका छन् ।
बुधबार बिहान रिपब्लिका दैनिक डटकमसँगको कुराकानीमा पुरीले संविधान र संघीयतालाई ध्यानमा राखेर विधान बनाइनुपर्ने बताए । ‘विधान मस्यौदा समितिले आफ्नो काम गरिरहेको छ’, उनले भने, ‘विधानले कांग्रेसलाई नयाँ उर्जा दिनेछ । महासमिति सदस्यहरूले गम्भीर रुपमा छलफल गरेर पारित गर्नुपर्छ ।’
सदस्यता वितरण, पदाधिकारी थप्ने, सभापतिलाई बलियो बनाउने जस्ता कुरामा सहमति गरेर मात्रै महासमिति बैठकमा लैजानुपर्ने कांग्रेसका युवा नेता पुरीको भनाइ छ ।
‘सभापतिलाई अधिकार दिन विषय राम्रो छ’, उनले भने, ‘शेरबहादुर देउवालाई हेरेर विधान बनाइनु हुँदैन । कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ त्यसलाई आधार बनाएर विधान मस्यौदा बनाउनु पर्छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई विधान मस्यौदामा सहयोग गर्नुपर्ने उनले बताए । उनले नेताहरूलाई ध्यानमा राखेर नयाँ विधान बनाइयो भने फेरि कांग्रेसका शुभेच्छुकहरूलाई गम्भीर धोका हुने बताए ।
कांग्रेसभित्रका झिनामसिना गुटले समस्या बनाइरहेको पुरीले बताएका छन् । कांग्रेसलाई बलियो बनाउने हो भने गुटहरूलाई अन्त्य गरेकै राम्रो हुने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत