निर्मला पन्त हत्या प्रकरणमा अर्को नयाँ काण्ड

काठमाडौं । चर्को दवावमा परेको कम्युनिस्ट सरकारले निर्मला पन्त बलात्कारपछिको हत्याकाण्डमा प्रहरीले फेरि तीनजनाको डिएनए नमूना संकलन गरेको छ ।

स्रोतका अनुसार प्रहरीले बलात्कार र हत्याकाण्डमा संलग्न रहेको अभियोगमा कञ्चनपुरका तीनजनाको डिएनए नमूना संकलन गरिएको पत्रकार खेम भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘थप चारको डिएनए नमूना लिइयो तर, नाम गोप्य राखियो’, भण्डारीले फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘यस्तो त हुनु नै थियो । बलात्कारीको डिएनए नमूना भए पो नाम सार्वजनिक हुन्थ्यो ।’

दुईजना प्रहरीलाई निर्मला हत्याकाण्डमा गृहमन्त्रालयले बर्खास्त गरेको छ । तर, स्थानीय र आफन्तले दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने मागसहित पुनः सडक आन्दोलन थालेपछि कम्युनिस्ट सरकार दवावमा परेको थियो ।

किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि प्रहरीले सुराक पाउन सकेको छैन । प्रहरीका साथै कम्युनिस्ट सरकारको आलोचना भइरहेको छ ।

आलोचकहरूले कम्युनिस्ट सरकारले दोषीलाई नै बचाउन सक्रिय भएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।

Published : Tuesday, 2018 October 30, 9:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया