चीनले नेपाललाई दियो थेग्नै नसक्ने गरी सैन्य सहायता, भारत डरायो

काठमाडौं । चीनले नेपालको कम्युनिस्त सरकारलाई सहयोग मिल्ने गरेर करीव दुई अर्ब ५३ करोड रुपियाँ (नेपाली मुद्र) बराबरको सैन्य सहायता गरेको छ । चीनले नेपाललाई गरेको सैन्य सहायताबाट भारत तर्सिएको छ ।

हतियारसम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ । चियिाँ भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच विपद् व्यवस्थापन परिचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सहयोग आगामी ५ वर्षका लागि मानवीय तथा विपद व्यवस्थापन उपकरणमा खर्च गरिनेछ ।

रक्षामन्त्री पोखरेलले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको बताएका छन् ।

मन्त्री पोखरेलले सैन्य तालिम तथा सैन्य सहायता, मानवीय तथा विपद व्यवस्थापन सम्बन्धी सामग्री, औषधी उपकरण, शान्ति स्थापना तथा नेपालमा रक्षा विश्वविद्यालय स्थापनाका लागि चिनियाँ सहयोगको अपेक्षा गरेका छन् ।

चीनका रक्षामन्त्री वै फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गरेका छन् ।

उनले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताए । सहकार्य सम्बन्धी विस्तृत धारणा भविष्यमा आपसी समझदारीबाट तय गरिने पनि वै फङहले बताए ।

Published : Saturday, 2018 October 27, 10:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया