यही पर्चा हो नेकपाको चियापानमा कुटाइखुवाउने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमस्थल भृकुटीमण्डप तनावपूर्ण बनेको छ ।
चियापान बहिस्कार गर्न अपील गर्दै नेकपाभित्रकै असन्तुष्ट समूहले पर्चा वितरण गरेपछि कुटाकुट भएको हो ।
नेकपाका कार्यकर्ताले पर्चा बाँड्नेहरुलाई धक्कामुक्का गरेका थिए । नेकपाका कार्यकर्ताको धक्कामुक्काबाट पर्चा बाँड्नेहरुलाई चोट समेत लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।
समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालीन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले तत्काल पहलकदमी लिनुपर्नेलगायतका माग पर्चामा राखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत