दश वर्ष कम्युनिस्ट शासन चल्दैन, नेकपा विघटन हुन्छः खाँण
बुटवल । नेपाली कांग्रेसका नेता एवम् मुख्य सचेतक बालकृष्ण खाँणले दुनियाँमा दश वर्ष कम्युनिष्ट शासन व्यवस्था चल्नै नसक्ने बताएका छन् ।
बुटवलमा शनिबार आयोजित कार्यक्रममा खाँणले कम्युनिष्टको आचरण र शैली संविधान विपरित चलिरहेको बताए । उनले सरकारलार्इ कार्यशैली सच्चाउन सुझाव पनि दिए ।
नेपालमा कम्युनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै नेता खँणले द्धन्द्धान्तमक भौतिकवादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताए ।
‘एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रणपछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भैसक्यो’, उनले भने ।
उनले सदाकै लागि नेपालमा सासन चलाउने सपना नेकपाले नदेख्नको आग्रह गरे । उनले भने, ‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्युनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत