कम्युनिस्टहरुका कारण दण्डहीनता मौलायोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय मुलुकमा दण्डहीनता मौलाउँदै गएको भन्दै चिन्ता जनाएका छन् ।

नेपाल तरुण दलको ६५औँ स्थापना दिवसका अवसरमा ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा शनिबार आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्टहरुका कारण मुलुकमा दण्डहीनताले टाउको उठाएको बताए ।

उनले देशमा अधिनायकवाद ल्याउने षड्यन्त्र स्वरुप कम्युनिस्टहरुले संविधान र कानून विपरितका क्रियाकलाप गरिरहेको बताए ।

‘कम्युनिस्टहरुको गलत क्रियाकलाप र रबैयाले देशमा दण्डहीनता मौलाउनु थालेको छ’, देउवाले भने, ‘कम्युनिस्ट सरकारको आफ्ना गलत क्रियाकलापलाई रोक्नुपर्छ । होइन भने कांग्रेसले चुप लागेर हेर्दैन । दण्डहीनता रोक्न तरुणहरुले दवाव दिन भूमिका खेल्नुपर्छ ।’

कम्युनिस्टहरुले देशलाई सही रुपमा चलाउन नसकेको देउवाले बताए । ‘अधिनायकवाद ल्याएर देशलाई तहसनहस बनाउने काम भइरहेको छ’, देउवले भने, ‘अब तरुणहरु अगाडि आएर देशलाई बचाउनुपर्छ ।’

Published : Saturday, 2018 October 27, 12:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया